२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

७४३ जनामा कोरोना संक्रमण, १७५ डिस्चार्ज

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण आज ७४३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमति पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टामा विभिन्न प्रयोगशालामा १० हजार २३४ परीक्षण गरिएकोमा ७४३ जनामा सङ्क्रमण देखिएको बताउनुभयो । तिमध्ये महिला २४६ र पुरुष ४९७ जना रहेका छन् ।

अहिलेसम्म नेपालमा ३२ हजार ६७८ जनामा कोरोना संक्रमण भइसकेको छ । यसैगरी आज १७५ जना संक्रमण मुक्त भई घर फर्किएका छन् । अहिलेसम्म १८ हजार ८०६ जना सङ्क्रमण जितेर घर फर्किसकेको उनले जानकारी दिए । निको हुने दर ५८ प्रतिशत रहेको छ । यसैगरी सङ्क्रमितमध्ये १३८ जना सघन उपचार कक्ष (आइसियु) मा र १५ जना भेन्टिलेटरमा उपचार गरारहेका छन्। यस्तै काठमाडौं उपत्यकामा २२४ जनामा सङ्क्रमण भएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना आज देखिएका नयाँ सङ्क्रमित हुन ।

यसैगरी ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला सात वटा रहेका छन । उनका अनुसार ती जिल्लामा मोरङ, पर्सा, महोत्तरी, रौतहट, सर्लाही, बारा, र काठमाडौं रहेका छन् । यस्तै दुई जिल्ला मुस्ताङ र हुम्ला सङ्क्रमण मुक्त भएका छन । यस्तै सक्रिय सङक्रमित १३ हजार ७१५ रहेका छन भने आइसोलेसनमा नौ हजार १५४ जना र होमआइसोलेसनमा चार हजार ५६२ जना रहेका छन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।