२०८३ मंसिर १० बुधबार
२०८३ मंसिर १० बुधबार

कञ्चनपुरको बेदकोट नगरपालिकाका एक स्थानीयको गोठमा आगलागि

धनगढी : कञ्चनपुरको बेदकोट नगरपालिकाका एक स्थानीयको गोठमा आगलागि भएको छ । 

नगरपालिकाको वडा नम्बर १ रजहाका स्थानीय पदम राज भट्टको तीन कोठाको (एकतले) कच्ची गोठमा आगलागि भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले बताएका छन् । 

आइतबार राति साढे ११ बजेतिरको समयमा अचानक आगलागि भई गोठभित्र रहेको अन्न, भुसा, पराल, काठ जलेर नष्ट हुँदा करिब १ लाख ५० हजार मूल्य बराबरको क्षति भएको उनले बताए । 

स्थानीय तथा प्रहरीको सहयोगमा राति १२ बजे आगो नियन्त्रणमा लिईएको साथै पशुचौपाया र मानवीय क्षति भने नभएको प्रवक्ता थापाले जनाएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।