असिम पौडेल/कास्की- निकै लामो समय देखि स्थागित कक्षा ११ को वार्षिक परीक्षा पोखराको गुरूकुल विधालयमा आजदेखि स्वास्थ्य मापदण्ड पुरा गरेर सन्चालन गरिएको छ ।



+२ संयोजक तथा परिक्षा केन्द्रध्यक्ष रवी कार्कीका अनुसार विज्ञान, व्यावस्थापन र होटल व्यवस्थापनको अलग अलग दिनमा परिक्षा गर्ने गरि परिक्षा सन्चालन गरिएको छ ।
पत्रकार असिम पौडेलले विधालयमा गएर रिपोटिङ गर्दा सम्पूर्ण विधाथीले अनिवार्य रुपमा माक्स,पन्जा र फेस सिल्ड प्रयोग गरेको पाइएको छ । प्रत्येक परिक्षा सकिएपछि डिसइन्फेक्सन गरिने गरिन्छ ।
विधाथीले आफ्नो सामान आफै प्रयोग गर्नु पर्ने कार्कीले बताउनुभयो । परिक्षा दिने ८५ मध्ये ८५ सबै उपस्थित थिए।

Views: 124


















