२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

काँग्रेसभित्रको आन्तरिक द्वन्द्व अन्त्य गरिनुपर्छ : नेता महर

तनहुँ। स्कुल अफ डेमोक्रेसी नेपालका केन्द्रीय अध्यक्ष तथा नेविसङ्घका पूर्वअध्यक्ष नैनसिंह महरले काँग्रेस पार्टीलाई बलियो बनाउन पार्टीभित्र भएको आन्तरिक द्वन्द्वको अन्त्य गरिनुपर्ने बताएका छन् ।

अध्यक्ष महरले आइतबार तनहुँ सदरमुकाम दमौलीमा स्कूल अफ ड्रेमोक्रेसी तनहुँका पदाधिकारी र जनप्रतिनिधिसँगको अनौपचारिक भेटघाटका क्रममा केन्द्रको आन्तरिक विवाद तल्लो तहसम्म पुग्न लागेको अवस्थामा त्यसको अन्त्य गरी गुटउपगुटको राजनीतिलाई निरुत्साहित गर्न आवश्यक रहेको औंल्याएका थिए ।

“नेता बदमास नभएको महसुस जनता गर्ने गरी कांग्रेसले राम्रो काम गरे पार्टीलाई बलियो बनाउन सकिनेछ”, उनले भने, “सबैले आफ्नो गल्तीलाई सच्याएर पार्टीलाई बलियो बनाउनतर्फ लाग्नुपर्छ ।”

गण्डकी प्रदेशसभा सदस्य डोबाटे विकले धेरै कुराको एजेण्डा पाउँदा पनि काँग्रेसले सशक्तरूपमा आवाज उठाउन नसक्नु मुख्य कमजोरी पक्ष रहेको बताए । प्रतिपक्षले जुन भूमिका खेल्नुपर्ने हो त्यो हुन सकेको छैन भन्दै उहाँले आवश्यक परे सडकमा उत्रिन पनि पछि हट्न नहुने उनको भनाइ छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले तथा ट्रेड युनियन कांग्रेसका सभापति सूर्यचन्द हड्खलेले काँग्रेस नेता बनाउने कि पार्टी जोगाउने भन्ने कुरामा गम्भीर भएर नाफा र घाटाको हिसाब नगरी सबै जना एकजुट भएर काँग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने बताए ।

आगामी चुनावमा काँग्रेसको सरकार आउने गरी पार्टीका सबै नेता मिलेर काम गर्नुपर्नेमा उनीहरुले जोड दिएका थिए । स्कूल अफ ड्रेमोक्रेसीका अध्यक्ष डम्बर अधिकारीले संसद् आह्वानका लागि काँग्रेसले दबाब दिनुपर्ने बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।