दिपकराज भट्ट / भागेश्वर – नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा एवं साहित्यकार स्व एनडी प्रकाश चटौतको ९१ अाै जन्म जयान्ति अाज हाे ।



विसं १९८६ मा सुदूरपश्चिम डडेल्धुराको डुंगरीमा जन्मनु भइ २७ बर्षको कलिलो उमेर मै हवाइ दुर्घटनामा परि मृत्यु भएका स्व . चटौत कांग्रेस राजनीति संगै समकालिन समयका ख्याती प्राप्त साहित्यकार हुनुहुन्थ्यो ।
उनले नेपालको प्रजातान्त्रिक आन्दोलन र साहित्य क्षेत्रको विकास र विस्तारमा पुर्याएको योगदानको चर्चा र परिचर्चा भने नहुने हाेईन ।
उनका भाइ विडि चटौतले स्व . एनडि प्रकाश स्मृति प्रतिष्ठान स्थापना कार्य ढिलै भएपनि भावी पिढीले उनको योगदानलाई चीरकालसम्म स्मरण गर्दै सदविचार अनुसरण गरुन भनि प्रतिस्ठान स्थापना गरिएको बताउनु हुन्छ।
Views: 206


















