२०८३ मंसिर १० बुधबार
२०८३ मंसिर १० बुधबार

नागेश्वर सामुदायिक बनले बेच्यो गैरकानुनी रुपमा काठ,राष्ट्रिय निकुञ्ज द्वारा बरामद

गौरब बिष्ट/झलारी- नागेश्वर मध्यवर्ती सामुदायिक वन वनसमितिका पदाधिकारीहरुबाट गैर कानुनी रुपमा बिक्री गरिएको
खयरको काठ शुक्लाफाँटा नगरपालिका वार्ड न ५ वनसमितिबाट बरामद गरिएको छ ।
करिब तीन वर्ष पहिले संकलन गरी सामुदायिक वनमा राखिएको ६० क्युफिट खयरको काठ गैर कानुनी रुपमा बिक्री वितरण गरेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर अर्जुनीवाट खटिएको टोलीले शनिबार उक्त काठ वनसमितिबाट वेवारिसे अवस्थामा फेला पारेको हो । सामुदार्यिक वनबाट करिव १ किलोमिटर टाढा नाला छेउवाट बरामद गरिएको खयरको काठ शुक्लाफाटा राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर अर्जुनीमा राखिएको छ । विहीवार सामुदायिक वनवाट हराएको खयरको काठ वेवारीसे अवस्थामा फेला पारेपछी सामुदायिक बनका सचिव कणर् बहादुर विष्टले आफुले समितिका सवै
पदाधीकारीहरुको सल्लाह वमोजिम रु ३६ हजारमा बिक्री वितरण गरेको वताए ।
सामुदायिक बनका पदाधिकारीहरुको सल्लाह अनुसार बनका चौकीदारलाई तलव दिन समेत समस्या भएकोले उक्त खयरको काठ विक्री गरेको उहाँले बताउनुभयो र उहाँले भन्नुभयो यो काठ मैले एक्लैले बेचेको हैन सबैको सल्लाह बमोजिम वनकै खातामा पैसा राख्ने गरी वचेकोे हु । तर काठ खरिद गर्ने व्यक्तिको नाम र ठेगाना भने उहाँले खुलाउन
चाहनुु भएन ।
यसै विषयमा नागेश्वर सामुदायिक बनका अध्यक्ष जय बहादुर ऐर सङ्ग जानकारी लिँदा उहाँले आफूलाई उक्त विषयमा कुनै पनि जानकारी नभएको बताउनुभयो । उपभोक्ताका लागि दाउरा बिक्री वितरण गर्न सचिव र एकजना सदस्यको जिम्मा लगाएको उहाँले बताउनुभयो र उक्त दाउरा बिक्री वितरण गर्ने काममा सचिवले मनोमानी तरिकाले उक्त
खयरको काठ समेत बेचिएको हुन सक्ने उहाँले बताउनुभयो । यसै विषयमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर कार्यालयका कर्मचारीहरुसंग सम्पर्क गर्न खोज्दा फोन नउठेकोले अन्य यस विषयमा जानकारी लिन सकिएन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।