डडेल्धुरा – बैतडी र डडेल्धुरामा लगायत सुदुरका हरेक गाउँ गाउँ मा घरमै गौरा मनाइरहेका हुन् ।



धेरै जिल्लामा गौरा पर्वलाई नै लक्षित गरी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । डडेल्धुरामा पनि निषेधाज्ञा गरेकाे छ । आइतबार पञ्चमीका दिन विधिवत् भिजाइएका पञ्च बिरूडालाई आज ब्रतालु नारीहरूले गाउँकै धारा, पधेंरामा फाग, माङल गाउँदै पखाल्ने चलन रहेको छ ।
आजै गौरा महेश्वरको पूजा अर्चना हुने घरको आँगनमा सबै मिलेर स्थानीय वनस्पतिको पूजाअर्चना गर्ने चलन समेत रहेको छ । गौरा पर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरू गौराघरमा गइ गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ ।
बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामुहिक रूपमा धान, साउँ, तिलआदि बिरुवाका बोटबाट गौराको मुर्ति बनाइ गौराघरमा भित्र्याउँ छन् ।
गौरा भित्र्याइसकेपछि बिसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भइ स्थानीय लोक भाकामा देउडा, खेल खेलेर आनन्द लिने परम्परा चल्दै आएको छ ।

























