२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

कोरोना भाइरसको संक्रणबाट सुदूरपश्चिममा पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु

सुदूरपश्चिममा पहिलो पटक कोरोना भाइरसको संक्रणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको छ । 

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ निवासी ५५ वर्षीय कपिल श्रेष्ठको शुक्रवार अपराह्न १२ बजे सेती प्रादेशिक अस्पतालको कोरोना अस्थाीय अस्पतालमा  मत्यु भएको हो । उनी अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर १ मा रहेको रहफ स्वास्थ्य चौकीका इन्चार्ज थिए । श्वासप्रश्वासमा समस्या देखिएपछि श्रेष्ठलाई गत कार्तिक २५ गतेबाट अस्पताल भर्ना गरिएको थियो ।   

२०७६ कार्तिक २१ गते देखि उनी अछामको रहफ स्वास्थ्य चौकीका इन्चार्जका रूपमा कार्यरत थिए । दसैँ बिदामा उनी धनगढी घर आएका थिए । दसैँ मनाएर  अछाम फर्किएका उनी स्वास्थ्यमा समस्या देखिएपछि फेरि धनगढी फर्किएका थिए ।

उनको कैलालीको गोदावरी आर्य घाटमा नेपाली सेनाले शुक्रवार हिन्दु संस्कार अनुसार अत्यष्टी गरेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।