बैतडीको सुर्नया गाउपालिकाको एक सामुदायिक वनले लासमा पनि कर लगाएको छ । वडा नं ५ मा रहेको कमलेश्वर चन्द्रमणि सामुदायिक वनले वन क्षेत्रबाट दाउरा प्रयोग गरी शवदहन गरेबाफत १ हजार रुपैया लिने निर्णय गरेको हो । यहि मंसीर ३ गते सामुदायिक वनको बैठकले सामुदायिक वनका सदस्य बाहेकका मानिसले दाउरा प्रयोग गरेका बाफत १ हजार लिने निर्णय गरेको एक सुचना जारी गर्दै जानकारी गराएको छ ।



वडा नं ५ का वडा सदस्य समेत रहेका सामुदायिक वनका अध्यक्ष खडक सिह बिष्टको अध्यक्ष्तामा बसेको बैठकले वन पैदवार वस्तु रोकथाम नियन्त्रण गर्ने निर्णय गरेको थियो । उक्त निर्णयमा शवदहनमा प्रयोग दाउरा बाफत प्रति शव १ हजार लिने निर्णय गरेको बताइएको छ ।

यसरी लासमा समेत कर लगाउन थालेपछि स्थानियहरुले बिरोध जनाएका छन । “टाढाँटाढाँ बाट चन्नरै देवताको मसानमा शवदहन गर्न आउछन, एक स्थानियले भन्नुभयो, सामुदायिक वनले लास जलाउन प्रयोग गरिएका दाउरा बाफतको रकम लिनु मुर्खतापुर्ण निर्णय गरेको जस्तो लाग्यो ।”
यस बिषयमा वडा सदस्य समेत रहेका सामुदायिक वनका अध्यक्ष बिष्टले आफ्नो एकल निर्णय नभएको बताउनुभयो । सम्पुर्ण उपभोक्ताहरुको सहमतिमा उक्त निर्णय गरिएको बताउनुभयो । उहाले रेडियो सेभेनस्टारसँग भन्नुभयो, “सामुदायिक बनबाट दाउरा बनाएर शवदहन गरेबाफत १ हजार रुपैया लिने निर्णय गरिएको हो ।”

























