२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

पाइल्सको समस्यामा खान हुने र नहुने खानेकुरा

एजेन्सी – पाइल्सको समस्यामा मलाशयको भित्र र गुदद्वारको वरिपरी सुन्निने र दुख्नुका साथै रक्तश्राव पनि हुने गर्छ । धेरैजसो पाइल्सको समस्या हल्का हुन्छ । जसको कारण धेरै जसो व्यक्तिहरुलाई यो रोग लागेको थाहा नै हुँदैन । गम्भीर समस्यामा दिसासँगै चम्किलो रगतसँगै चिलाउन पनि सुरु हुन्छ । पाइल्स पछिल्लो समस्या सबैको समस्या जस्तै भइसकेको छ । जसको वास्तविक कारण थाहा हुँदैन । धेरै मानिसहरु लाजका कारण यसको उपचार गर्न अस्पताल जाँदैनन् । 

पाइल्सको समस्यामा खाना

पाइल्सको समस्यामा खानेकुराले निकै महत्त्व राख्छ । कस्तो प्रकारको भोजन गर्दा पाइल्स बढाउने र कस्तो प्रकारको खानाले पाइल्सको समस्या कम गराउँछ भन्ने कुरामा ध्यान दिनुपर्छ । पाइल्सको समस्या हुँदा वा नहुँदा सन्तुलित खाना खाने गर्नुपर्छ । खाना खाँदा फाइबर भएको खाना खाने गर्नुपर्छ । पाइल्सको समस्यामा फाइबरयुक्त खाना खानका लागि डाक्टरले समेत सल्लाह दिने गर्छन् । 

के नखाने ?
१. डेरीमा उत्पादन हुने खानेकुरा नखाने । जस्तैः दुध वा दही आदि ।
२. मासु वा प्रोसेस मिटमा फाइबर कम हुने भएकाले पाचन प्रक्रियामा समस्या हुन पुग्छ र कब्जियतको समस्या सुरु हुन्छ । 
३.भुटेको, तारेको खाना खाँदा पाँचन प्रक्रियामा समस्या हुन्छ । यस्ता खाना खाँदा पच्न गाह्रो हुन्छ । 
४. अत्यधिक मसलेदार, अमिलो, पिरो खाने कुरा खानुहुँदैन ।
५. मादक पदार्थको सेवनले दिसा झन् साह्रो हुने भएकाले दिसा गर्ने समयमा दुखाई झन् बढ्छ ।

के खाने ?
१. धेरै फाइबर भएको खानेकुराहरु जौ, क्विनोआ, ब्राउन राइस, ओट्स आदिको सेवन गर्नुपर्छ ।
२. विभिन्न प्रकारका फलफूल र सागसब्जीहरु ब्रोकाउली, फूलगोभी, केरा, गोभी, तोरी, काक्रो, तरबुजा, नाशपति, स्याउ आदि खाने गर्नुपर्छ ।
३. नियमित रुपमा व्यायाम गर्ने गर्नुपर्छ ।
४. दुखाई बढेमा बाटामा तातो पानी राखेर त्यसमा बस्ने गर्नुपर्छ । दुखाई भएको ठाउँमा सेकाउँदा पाइल्सको दुखाई कम हुन्छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।