पछिल्लो समय सही तरीकाले मोवाइल फोनको प्रयोग हुन नसक्दा समाजमा बिकृति बिसंगति भित्रीन थालेको छ । सुचना संञ्चारको बिकास तिब्र भए संगै अहीले बिकट गांउका जनताहरु पनि मोबाइल फोनको पहुंचमा छन ।



दशकयता तीव्र गतिमा प्रविधिको विकास भएसँगै गाउ गाउमा मोबाइल फोनका प्रयोगकर्ताहरू बढेका छन । संञ्चारले एकातिर सुविधा थपेको छ भने अर्कोितर समस्या पनि बढाएको छ ।
मोबाइलकै कारणले बालविवाह र महिला हिंसा ,बलात्कार जस्ता घटनाहरु समाजमा हुने गरेको पाइएको छ । मोबाइल, इन्टरनेट लगायतका प्रविधिको दुरुपयोगले अछाममा बालविवाह चुनौतीपूर्ण बन्दै गएको छ ।
मोबाइल फोनको सहायताले सजिलै आफूले चाहेको व्यक्तिसँग सम्पर्क गर्न सकिन्छ एक्लै बस्दा मनोरञ्जनको लागि गित सुन्न, फिल्म हेर्ने र मोबाइलमै खेल खेल्न सकिन्छ , मोबाइल फोनको सहायताले कोहीसँग गरेको कुराकानी रेकर्ड गर्न सकिनुका साथै फोटो,भिडयो खिच्न सकिन्छ भने मोबाइलमा रहेको ब्लुटुथको सहायताले सजिलै फोटो, भिडियो र गित अर्को मोबाइलमा सार्न पनिसकिन्छ,मोबाइल फोनमा फोन गर्ने सुविधाको अलबा पात्रो, अर्लाम घडी, क्यालकुलेटर, नोटबुक आदि सुविधा पाउन सकिन्छ ,केही दुर्घटना भयो भने एम्बुलेन्स या पुलिसलाई फोन गरेर तुरुन्त बोलाउन सकिन्छ ,मोबाइलबाट सजिलै फेसबुक, ट्विटर, भाइबर, इमेल लगायत अन्य सामाजिक संजाल चलाएर साथीभाई या आफन्तसँग कुरा गर्न सकिन्छ ।
तर मोबाइल फोनकै कारण पढ्दै गरेका बिद्यार्थोले फेसबुकमा धेरै च्याट गर्दा, गित सुन्दा, खेल खेल्दा समय र पढाई बिग्रिनुका साथै मोबाइलफोनमा हेरीने अश्लील भिडियोका कारण समाजमा बलात्कारका घटना समेत हुने गरेका छन ।
‘संञ्चार क्षेत्रको विकास भएसंगै पछिल्लो समयमा ग्रामीण स्तरमा पनि सबै नागरिकको हातहातमा मोबाइल फोन, इन्टरनेट सेवा पुगेको छ । मोबाइल इन्टरनेटले अछामका किशोर किशोरी उमेर नपुगेरै भागेर बिहे गर्ने चलन बढ्दै गएको छ । ‘बृहत्तर यौनिक शिक्षामा जोड दिन नसक्नुले पनि चुनौती थपिएको छ ।’
मोबाइल तथा इन्टरनेटको दुरुपयोगले बालबालिकाको पढाइमा समेत असर पारेको जिल्लाका बिभिन्न शैक्षिक संस्थाहरुमा कार्यरत शिक्षक तथा प्राध्यापकहरुले बताउने गरेका छन । ‘इन्टरनेट र मोबाइलको दुरुपयोगले बालविवाह र महिला हिंसा मात्रै नभएर मानव बेचबिखन जस्ता जघन्य अपराध मा समेत वृद्धि भएको उहाहरुले बताउनुभएको छ ।
‘सञ्चारको पहुंचमा सबै ठांउमा पुग्नु खुसीको कुरा हो, संञ्चारले एक ठाउंको खबर अर्को ठाउँमा कम समयमा सुन्न सकिन्छ, देश विदेश कुन ठाउंमा के भएको छ भन्ने हेर्न पनि सकिन्छ ।’ तर, अछामका किशोर किशोरी भने सञ्चारको दुरुपयोग गर्दै भागेर बिहे गर्ने साधन बनेको छ ।
फेसबुक, फोनमा कुरा गर्दै मायामा बसेर उमेर नपुग्दै भागेर जाने चलन यहां पछिल्लो समयमा बढ्दै गएको छ । यसले गर्दा समाजमा सञ्चार माध्यमको सदुपयोग हुनुको बदला दुरुपयोग भएको बालबालिकाका क्षेत्रमा काम गर्ने सरोकारवालो बताएका छन ।
सानै उमेर माया बसेर भएको ‘बालविवाहका कारण धेरैजसो महिला हिंसामा समेत परेका छन । उनीहरू मोबाइलकै दुरुपयोगका कारण बाल विवाह गर्न बाध्य भएका छन । ‘बाल विवाह न्यूनीकरण गर्न अभियान समेत सुरु गरिएको भए पनि प्रभावकारी हुन नसकेको सरोकारवालाहरुले बताउने गरेका छन । पछिल्लो समयमा माथिल्लो तहका साथै आधारभुत तहका विद्यार्थीको हातहातमा समेत मोबाइल देखिन्छ ।
बालविवाह न्यूनीकरण गर्न विद्यालय तहमा मोबाइल बोक्न दिन नहुने सामाजिक अभियन्ता हरू बताउंछन । सञ्चार प्रविधिको विकासले विकृति मात्रै नल्याई सुबिधा पनि ल्याएको केही महिलाहरूको तर्क छ ।
वर्षौंसम्म टाढा भएका परिवारसंग प्रत्यक्ष कुराकानी गरेर नजिक भएको अनुभूति त प्रायःको त हुन्छ तर मोबाइलको गलत प्रयोगले गर्दा समाजमा ठुल ठुला घटनाहरु घट्दछन ।
‘पढाइ–लेखाइ नभए पनि मोबाइल चलाउन जान्दा भारत लगाएतका अन्य देशहरुमा गएका आफन्तहरु संग सम्पर्क गर्न र तत्काल खबरहरु आदान प्रदान गर्न निकै सजिलो भएको ग्रामिण बस्तीका मानिसहरुको ठम्याइ छ ।
‘चिठी पठाए ५ महिना लाग्थ्यो, अहिले जुनसुकै बेला पनि सम्पर्क हुने गरेको उहाहरुको भनाई छ । बढ्दो प्रविधीको दुरुपयोग नभई सही कामका लागी प्रयोग गर्न तर्फ सरोकारवालाले ध्यान दिन जरुरी छ ।

























