२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

कोरोना भाइरसको खोप परीक्षण नेपालमा पनि सुरु

काठमाडौं –  कोरोना भाइरसको संक्रमण विरुद्धको खोप परीक्षण नेपालमा सुरु गर्न लागिएको छ ।

नेपालमा पनि कोरोना भाइरसको खोप परीक्षण सुरु गर्न लागिएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्‍वर गौतमले बताएका हुन् ।

चीन, रसिया र यूके अक्सफोर्डको खोप ग्रुपले उत्पादन गरेको खोप नेपालमा तेस्रो  क्लिनिकल ट्रायल गर्न उक्त कम्पनीहरु इच्छुक भएको हुँदा प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना भाइरसको खोप प्रमाणित नभइ खोप परीक्षण गर्न नहुने विज्ञहरुले सुझाए पनि मन्त्रालयले परीक्षणको तयारी थालेको हो । विज्ञहरुले नेपालजस्तो विकाशील मुलुकमा कोरोनाविरुद्धको खोप परीक्षण गर्दा यसले उत्पन्‍न गर्ने असरहरुको बारेमा ग्यारेन्टी गर्ने निकाय नहुँदा समस्या हुने बताएका छन् ।

परीक्षणमा स्व:स्फूर्त रुपमा सहभागी हुन चाहनेलाई मात्रै परीक्षण गरिने जनाइएको हो ।

त्यसैगरी अमेरिका, बेलायत र भारतलगायतका मुलुकमा सफल मानिएको रेम्डेसिभिर औषधी र कोभ्याक्सिनको पनि प्रयोग सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।