२०८३ जेष्ठ २७ बुधबार
२०८३ जेष्ठ २७ बुधबार

कञ्चनपुरमा सवारी चेकजाँचमा ‘गोप्रो’ क्यामेरा प्रयोग

धनगढीः कञ्चनपुरमा प्रहरीले सवारीसाधन चेकजाँचमा ‘गोप्रो’ क्यामेराको प्रयोग गर्न थालेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले ‘गोप्रो’ क्यामेराको प्रयोग गरी सवारीसाधन चेकजाँच सुरु गरिएको जानकारी दिए। 

प्रहरीका गतिविधि समेत निगरानी हुनेगरी ६ वटा ‘गोप्रो’ क्यामेरा मार्फत सवारीसाधन चेकजाँच थालिएको बताए। 

उनका अनुसार बीहिबारदेखि क्यामेराको प्रयोग गरी चेकजाँच थालिएको ५८ सवारीसाधनमाथि कारवाही गरिएको छ। 

बीहिबार र शुक्रबार २ दिनमा ५८ वटा सवारीसाधनमाथि कारवाही गरी ४२ हजार राजश्व संकलन गरिएको  प्रहरी नायव उपरीक्षक थापाले बताए।

बीहिबार ३२ वटा सवारीसाधनमाथि कारवाही गर्दा १६ हजार र शुक्रबार २६ वटा सवारीसाधनमाथि कारवाही गर्दा १३ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरिएको उनले जानकारी दिए । 

प्रहरी र सेवाग्राहीलाई जवाफदेही ‘गोप्रो’ क्यामेरा मार्फत थालिएको सवारी चेकजाँच अभियान राजमार्ग  क्षेत्र, बजार क्षेत्र हुँदै  ग्रामीण क्षेत्र सम्म विस्तार गरिने प्रहरी नायव उपरीक्षक थापाले बताए ।

उनका अनुसार चेकजाँचमा खटिने प्रहरीले छातीमा क्यामेरा लगाउने भएकाले चालक र प्रहरी दुवैका गतिविधी अटो रेकर्ड हुनेछ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।