धनगढी । कैलालीमा कोरोना संक्रमित थप एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ७ की ७५ वर्षीया महिलाको धनगढीको कोरोना अस्थायी अस्पतालमा मृत्यु भएको हो ।



उनको शुक्रबार बिहान अस्पतालमा मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । यही कार्तिक २९ गतेबाट अस्पतालको भेन्टिलेटरमा उनको उपचार थालिएको थियो ।
Views: 140

























