२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

दशैँ तिहार अप्रेशन : सुपमा १४ लाख २० हजार सहित १११ जुवाडे पक्राउ

सुदूरपश्चिममा दशैँ तिहारका बेला जुवाडेबाट १४ लाख बढि राजश्व संकलन गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिहले कैलाली, कञ्चनपुर, अछाम र बझाङ लगायतका जिल्लाबाट गरी दशैँ तिहारका बेला जुवाडेबाट १४ लाख २० हजार रुपैयाँ नगद बरामद गरिएको जानकारी दिए ।

उनका अनुसार गत असोज २५ गतेदेखि हालसम्म प्रदेशभर १ सय ११ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ परेकाहरुमाथि कानून बमोजिम मुद्दा चलाईएको प्रहरी वरिष्ठ उपरीक्षक सिहले बताए । सबैभन्दा धेरै कैलालीमा जुवातास सम्बन्धिका ६ वटा मुद्दा, अछाममा २, कञ्चनपुर र बझाङमा १/१ मुद्दा चलेको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयले चाडपर्वका बेला हुने आर्थिक अपराध नियन्त्रण गर्ने योजना अनुसार जिल्ला प्रहरी कार्यालय, सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह र मातहतका कार्यालयबाट खटिएका टोलीले नगदसहित जुवाडेलाई पक्राउ गरिएको जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।