२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

कञ्चनपुरमा दृष्टिविहीनको माग सम्बोधनपछि आमरण अनसन स्थगित

कञ्चनपुरमा दृष्टिविहीन महिला शिक्षक राहत कोटा कार्यान्वयनको माग गर्दै आन्दोलित भएका दृष्टिविहीन तथा अपाङ्गता भएकाहरुले आमरण अनसन स्थगित गरेका छन् । 

बुधबारदेखि आमरण अनसनमा रहेका उनीहरुले सो कोटा कार्यान्वयनका लागि लिखित सम्झौता भएपछि अनसन स्थगित गरेका हुन् ।

दृष्टिविहीन महिला राहत अनुदान कोटा मंसिर महिनाको मसान्तसम्म कायम गर्ने गरी सम्झौता पत्रमा जिल्ला शिक्षा समितिका प्रमुख फैरु तामाङ तथा शिक्षा विकास तथा समन्वय इकाईले उनीहरुको माग छिट्टै सम्बोधन गर्ने भनी सम्झौता गरिएको बताईएको छ ।

अनसनरत पक्षले तोकिएकै समयमा आफूहरुका मागको सम्बोधन नगरिए पुनः  आन्दोलन  गर्ने र आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।