२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

झगडा छुट्याउन गएकाे प्रहरी टाेलीमाथि आक्रमण, दुई प्रहरी घाइते

कञ्चनपुरको महाकाली नगरपालिका–८ मा सोमबार स्थानीय युवाहरुले दुई जना प्रहरीमाथि हातपात गरेका छन्।

झैझगडाको खबर पाएपछि बुझ्न गएको प्रहरी चौकी बाबाथानको टोलीमाथि स्थानीय युवाहरुले आक्रमण गरेका हुन्।

प्रहरी सहायक निरीक्षक (असई) मानसिंह धामी र हवल्दार रमेश भारतीमाथि हातपात भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाले बताए।
असई धामीको नाकमा चोट लागेको छ। उनको फुली च्यातिएको छ। त्यस्तै हवल्दार भारतीको पनि चुस्ता च्यातिएको डिएसपी थापाले बताए। स्थानीय युवाहरुको आक्रमणबाट घाइते प्रहरी सहायक निरीक्षक धामीको महाकाली अस्पतालमा उपचार भइरहेको छ भने हवल्दार भारतीको प्राथमिक स्वास्थ्य केन्द्र दोधारा–चाँदनीमा उपचार भइरहेको छ ।

महाकाली नगरपालिका–८ का स्थानीय गणेश खत्रीलाई कुटपिट गरेको खबर पाएपछि सोधपुछका लागि गएको प्रहरीमाथि चार जना युवाले हातपात गरेका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।