२०८३ बैशाख २८ सोमबार
२०८३ बैशाख २८ सोमबार

सुदूरपश्चिममा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशका थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ४ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ३ सय ५१ जनाको परीक्षण गर्दा थप २३ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका ९ जनामा संक्रमण देखिएको जानकारी दिए ।

उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर २ का ३ जना, वडा नम्बर ४ का २ जना, वडा नम्बर ३, ५, ८ र १९ का १÷१ जनामा संक्रमण पुष्टि भएको छ । कैलालीकै लम्किचुहा नगरपालिकाका ५ जना, गोदावरी नगरपालिकाका २ जना, गौरीगंगा नगरपालिका र ठेगाना नखुलेका १÷१ जनामा संक्रमण पुष्टि भएको  छ ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जना, बेलौरी नगरपालिकाका १ जना, बझाङका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

उता डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ११ जनामा संक्रमण पुष्टि भएको छ । ७१ जनाको कोरोना परीक्षण भएकोमा २ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पतालका निमित्त मेसु विरेन्द्र राउतले डोटीको दिपायल सिलगढी नगरपालिकाका ६ जना, केआई सिह गाउँपालिकाका ४ जना र दार्चुलाको लेकम गाउँपालिकाका १ जनामा कोरोना संक्रमण भेटिएको बताए ।

यस्तै बझाङमा गरिएको परिक्षणमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ९७ जनाको परिक्षण गरिएकोमा थप ९ जनामा संक्रमण पुष्टी भएको जिल्ला अस्पताल बझाङका प्रयोगशाला इन्चार्ज नरेश खड्काले जानकारी दिए ।

संक्रमण पुष्टी हुनेमा बझाङको बुंगल नगरपालिकाका २ जना, तल्कोट गाउपालिकाका १ जना, जिल्ला प्रहरी कार्यालयमा कार्यरत ५ जना र जिल्ला अस्पताल बझाङका १ जनामा संक्रमण पुष्टी भएको हो । यस्तै डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा ५ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार ६ सय १५ पुगेको छ । संक्रमण पुष्टि भएका ८ हजार ८ सय बढीले कोरोना जितेका छन भने ३३ जना संक्रमितको मृत्यु भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।