२०८३ कार्तिक १३ बिहीबार
२०८३ कार्तिक १३ बिहीबार

कोरोनाबाट मृत्यु भएका व्यक्तिको शवको जलाएर अन्त्येष्टि

कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन सम्बन्धि कार्यबिधि संशोधन भए संगै नेपाली सेनाले मृतकका परिवारका उपस्थितिमा धार्मिक संस्कार अनुसार अन्त्येष्टि गर्न थालेको छ ।

बिगतमा नेपाली सेनाले कोरोनाको संक्रमणबाट मृत्यु भएकाहरुको शव गाड्ने गरेको थियो । शुरुवाती दिनमा परिवारको सदस्य दाहसंस्कारमा सहभागी समेत हुन पाउदैनथे ।

तर कार्यबिधि संशोधन भएसंगै मृतकका परिवारजनकै उपस्थितिमा शव जलाएर दाहसंस्कार गर्न दिईन थालिएको छ ।
सेती प्रादेशिक अस्पतालमा हिजो राति मृत्यु भएका कैलालीको गोदावरी नगरपालिका– ४ स्मृति टोलका ७३ वर्षीय शेर बहादुर महराको आज दिउसो गोदावरी नगरपालिका– २ स्थित गोदावरी आर्यघाटमा धार्मिक संस्कार अनुसार जलाएर अन्त्येष्टि गरिएको छ ।

मृतकका परिवारजनले नै शवमा मुखाग्नी दिएका थिए । 
नेपाली सेनाको भवानी दल गण तघेरीका सह सेनानी नवल सिंह रोकायाको नेतृत्वको टोलीले महराको अन्त्येष्टि गरेको हो । 
कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको जलाएर अन्त्येष्टि गरिएको यो दोस्रो घट्ना हो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।