! गुल्मी– जिल्लाको रेसुङ्गा नगरपालिकाले लकडाउन जारी गरेको छ । जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गइरहेको, मानिसहरुले स्वास्थ्य सजगता नपनाएको भन्दै नगरपालिकाले एक सूचना जारी गर्दै लकडाउन गरेको जनाएको छ । जिल्ला सदरमुकाम तम्घासमा रहेको नगरपालिकाले मंसिर ४ गते राती १२ बजेदेखि १३ गते राती १२ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय भएको प्रमुख डिल्लिराम भुषालले बताउनुभयो ।



हेर्नुहाेस लकडाउनकाे सूचना

Views: 287


















