बलिउड नायक सलमान खानको आजसम्मको करिअरमा सबैभन्दा धेरै कमाई गर्ने चलचित्र बन्यो, ‘बजरंगी भाइजान’ । यो चलचित्रमा सलमानसँग काम गरेकी बाल–कलाकारको नाम हो, हर्षाली मल्होत्रा । चलचित्र रिलिजको समयमा हर्षाली ७ बर्षकी थिइन् । उनलाई दर्शकले ‘मुन्नी’ नामले चिनेका थिए । आज पनि दर्शकले उनलाई ‘मुन्नी’ नै भन्ने गरेका छन् ।



यो चलचित्रमा काम गरेपछि चर्चामा रहेपनि हर्षालीले अरु चलचित्रमा काम गरेकी छैनन् । तर, हर्षालीले सामाजिक संजालमा शेयर गरेका केही तस्वीर अहिले चर्चामा छ ।
Views: 156

























