२०८३ भाद्र १ सोमबार
२०८३ भाद्र १ सोमबार

बुवाको मृत्यु आमाले अर्को बिहे गरेपछि तिन बहिनी साहाराबिहिन

बाजुरा–बडिमालिका नगरपालिका ८ राप्कमा ३ बहिनी शाहाराबिहिन बनेकी छन् । बुवा दान बहादुर बिष्टको ३ बर्ष पहिला भिर बाट लडेर मृत्यु भएको थियो । आमा कल्पना रावलले अर्को बिहे गरेपछि ३ बहिनी साहाराबिहिन बनेकी छन् ।
आमा र बुवा नभएपछि ९ बर्षकि निशा रावल, ७ बर्षिय भुमिका रावल र ४ बर्षकि पुष्पा रावल अलपत्र रहेको बडिमालिका नगरपालिका कार्यरत कर्मचारी बिर बहादुर बिष्टले वताएका छन् । अहिले बुढि बज्यै कन्तरी रावलको साहारामा रहेकी छन् । बुढी बज्यैको साहार रहेकी तिन बहिनी समस्यामा रहेकि छन् ।
निशा कक्षा ३ मा, भुमिका कक्षा १ मा र पुष्पा रावल बालकक्षामा स्थानिय मष्टेश्वरी आधारभुत बिद्यालयमा पढने गरेकि छन् । बिद्यालयमा जाने गरेकी भएपनि कापि कलम लुगाकपडा ब्यबस्थापन गर्नमा निकै समस्या भएको छ ।

खानेकुरा त जेनतेन ब्यबस्थापन गर्ने गरेको छु, तर अन्य खर्च भने ब्यबस्थापन गर्न नसकेको कन्तरी रावलले वताईन् ।
नियमित बिद्यालयमा त पठाउने गरेको छौ, कहिले केही हुदैन कहिले नहुने गरेको उनले वताएकि छन् ।

अरुका लुगाफाटा मागेर पनि लगाउने गरेको कन्तरीले वताएकि छन् । चाडपर्वमा अरुले नयाँ लुगा लगाएको देख्दा बज्यै नयाँ लुगा लगाउने भन्छन्, तर आफु सँगै पैसा हुदैन कसरी ब्यबस्थापन गर्ने उनले वताएकि छन् । निशाले भनिन्, आमाले पनि केही नभनेर गईन्, बुवा आमा नहुँदा निकै समस्या भएको उनले वताईन् ।बडीमालिका खबरबाट साभार

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।