२०८३ श्रावण ३१ आईतवार
२०८३ श्रावण ३१ आईतवार

दैलेखमा सुत्केरी हुने क्रममा १८ वर्षीया युवतीको मृत्यु

दैलेखको नारायण नगरपालिका- ११ विन्ध्यवासिनीमा सुत्केरी हुने क्रममा १८ वर्षीया युवतीको मृत्यु भएको छ।

माइती घरमा लडेर घाइते भएकी १८ वर्षीया दीपा विकको शल्यक्रियामार्फत सुत्केरी गराउँदा मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार उनी दैलेखकै भगवतीमाई गाउँपालिका २ मा रहेको माइती घरमा लड्दा गम्भीर घाइते भएकी थिइन्।

घाइते दीपालाई उपचारका लगि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको थियो। लड्दा पेटमा गम्भीर चोट लागेकी दीपाको अस्पतालमा शल्यक्रिया गरी बच्चा निकाल्ने क्रममा मृत्यु भएको हो। उनका नवजात शिशुको पेटमै मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

दीपाका देवर पूर्ण विकका अनुसार स्वास्थ्यकर्मीले २५ मंसिरमा उनलाई सुत्केरी हुने मिति तोकेका थिए। पेटमा चोट लागेका कारण समय अघि नै उनको शल्यक्रिया गरिएको थियो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।