२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

डडेल्धुरा प्रयोगशालामा आज सबैभन्दा बढी कोरोना परीक्षण

धनगढी: पछिल्लो २४ घण्टामा डडेल्धुरा प्रयोगशालामा एक हजार एक सय ६ जनाको कोरोना परीक्षण भएको छ। यो अहिलेसम्मकै सबैभन्दा बढी कोरोना परीक्षण भएको तथ्यांक हो।

जनस्तरबाट जडान गरिएको डडेल्धुरा अस्पतालको प्रयोगशालामा स्थापना भएदेखि सोमबारसम्म १० हजार नमुना परीक्षण गरिएको छ। डडेल्धुरामा ७ पहाडी जिल्लाको नमूना परिक्षण भइरहेको अस्पताल प्रयोगशाला इन्चार्ज इश्वरीप्रसाद भूषालले बताए। ‘हामी दिनरात भोकतिर्खा नभनी काममा खटिएका छौं’ उनले भने, ‘देश र जनताको लागि सानो सहयोग गर्न पाएकोमा हामी खुसी छाैं। र, यो वातावरण मिलाउनुहुने सम्पुर्णमा धन्यवाद।’

आजभोलि सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा नमूनाको चाङ लागेपछि परीक्षणका लागि डडेल्धुरा अस्पतालमा पठाइने गरिएको छ। शनिबार मात्रै एक हजार ८ सय बढी नमूना डडेल्धुरा अस्पतालमा पठाइएको थियो।

सोमबार एक हजार एक सय ६ जनाको कोरोना परीक्षण भएकोमा ५७ जनामा संक्रमण पुष्टि भएको छ। प्रयोगशाला इन्चार्ज इश्वरीप्रसाद भूषालका अनुसार कैलालीको घोडाघोडी नगरपालिकाका ३१ जना, टीकापुर नगरपालिकाका ८ जना, गौरीगंगा नगरपालिकाका ७ जना र जानकी गाउँपालिकाका एक जना गरी ४७ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ८ जना, कञ्चनपुरकै महाकाली नगरपालिकाका एक जना र बैतडीको नेपाली सेना गणका एक जनामा कोरोना पुष्टि भएको छ। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ४ सय ६३ पुगेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।