२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

धनगढीमा बसले मोटरसाइललाई ठक्कर दिंदा युवतीको मृत्यु

धनगढीमा आज साँझ बसले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार एक युवतीको ज्यान गएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढीबाट बेलौरीतर्फ जाँदै गरेको ना ५ ख ८९३२ नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट घाइते २१ वर्षीया तुलसी पौडेलको उपचारको क्रममा नवजीवन अस्पतालमा ज्यान गएको छ ।

मृतक बर्दियाको ठाकुरबाबा नगरपालिका–२ की हुन । मोटरसाइकल चालक २१ वर्षीय मदन ढकाल भने घाइते भएका छन् । उनी सुर्खेतको वीरेन्द्रनगरपालिका–११ का रहेका जनाइएको छ । ठक्कर दिने चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।