धनगढी: मङ्सिर सात गते देसमा क्रीयाशिल २२ वटा दलको आयोजनामा देसभरी नै बिरोध सभा हुदैछन।यसै कार्यक्रम अन्तर्गत सुदुरपश्चिममा क्रीयाशिल १० दलको सयुक्त आयोजनामा बिरोध सभा हुने बताइएको छ।



धनगढीमा बुधबार दिउँसो बसेको सयुक्त बैठकले एम सि सि सम्झौता,कालापानी लिपुलेक लगायतका क्षेत्रको अतिक्रमण र कोरोना महामारिका बेला सरकारको उदासिनताको बिरोधमा उक्त सभा गरिने निर्णय भएको जनमोर्चाका युवा नेता जगत जोशिले बताए। माथी उल्लेखित बिषयमा हामिले सुदुरपश्चिममा पनि केन्द्र्को कार्यक्रम अनुसार बिरोध सभा धनगढीमा गर्नेछौ।बिगत देखिको यो आन्दोलन ब्यक्तिगत स्वार्थको नभएर देस,जनता र राष्ट्रीयता र स्वाधिनताको रक्षाको आवाज भएकाले सरकार गम्भीर हुनु पर्दछ उनले भने।
कार्यक्रम धनगढीमा हुने तय गरिएको छ।नेकपा क्रान्तिकारी माओबादिका प्रदेस सचिब राम बहादुर महराको अध्यक्षतामा बसेको बैठकको निर्णय को पुर्णपाठ विज्ञप्तिमा हेरौ २२ राजनीतिक संगठनको कार्यगत एकताको संघर्ष सम्बन्धि प्रेस विज्ञप्ति केन्द्रमा सरकारको राष्ट्रघाती र जनघाती कदम बिरुद्ध बनेको २२ राजनीतिक संगठनको कार्यगत एकताको सुदुरपश्चिम प्रदेशको बैठक २०७७मंसिर ३ गते कैलालीको अत्तरिया नेकपा (क्रान्तिकारी माओवादी ) प्रदेश सचिब क राम बहादुर महरा को अध्यक्षतामा बसि लिइएका निर्णयहरु सार्वजनिक गर्नका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
१ कार्यगत एकताको केन्द्रीय कार्यक्रम अनुसार यहि मंसिर ७ मा यस प्रदेश अन्तर्गत कैलालीको धनगढीमा केन्द्रीकृत कार्यक्रम बिरोध प्रदर्शन गर्ने र त्यसलाई प्रभावकारी बनाउन १माधब बिष्ट २ जगत जोशी ३ कैलाश जैशी ४ मोहनदेव मिश्र ५ रामचन्द्र भट्ट रहेको ५ सदस्यीय ब्यबस्थापन कमिटी निर्माण गरिएको छ ।
२ यस प्रदेश अन्तर्गत नयाँ नेपाल पार्टी लाई संघर्षकोमोर्चा सहभागी गराउने र कार्यगत एकता मा सहभागिता का केन्द्रमा सिफारिस गर्ने निर्णय गरियो ।
३ यस प्रदेश अन्तर्गतका दार्चुला ,बैतडी , बाझाङ , डडेल्धुरा डोटी जिल्लामा मंसिर ७ गते नै जिल्लास्तरीय संघर्षको कार्यक्रम गर्ने ४ राष्ट्रियता र जनिविका सम्बन्धि संघर्षको कार्यक्रम सफल गर्न न्यायप्रेमी जनसमुदायमा अपिल गर्ने निर्णय गरियो। रामबहादुर महरा “चिन्तक” २२ राजनीतिक संगठन को कार्यगत एकताको तर्फबाट


























