२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

अछामको रामारोशन बाढीमा बेपत्तामध्ये थप एकको शव भेटियो

अछाम – रामारोशन गाउँपालिका -५ सैनीबजारमा भदौ २ गते राती आएको बाढीमा बेपत्ता भएकामध्ये एकजनाको शव भेटिएको छ । मंगलसेन नगरपालिका–३ रले नजिक रुखको जरामा अड्किएको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक रमेश दत्त अवस्थी जानकारी दिए ।

उनका अनुसार शव आइतबार भेटिए पनि मौसमका कारण भीरबाट निकाल्न नसकेपछि सोमबार निकालिएको हो। शवको सनाखत भने हुन सकेको छैन । कैलाश खोलामा आएको बाढीमा परी सैनीबजारमा १७ जना बेपत्ता भएका थिए ।

अहिलेसम्म ७ जनाको सनाखत भइसकेको छ । अझै ९ जना बेपत्ता छन् ।अहिलेसम्म सैनीबजारका १५ वर्षीय नवीन साउद, ३५ वर्षीया गौरी शाह, २२ वर्षीया बबिता बुढा, ४५ वर्षीय अमर शाह,४७ वर्षीया लालसरा शाही, ५४ वर्षीया चन्द्र साउद र १९ रुपेश साउदको शव फेला परेको हो ।बाढीले स्थानीय नन्दसिंह साउँदको सातजनाको परिवार पुरै बगेको छ।

उनका अहिलेसम्म दुई छोरा र बुहारीको मात्र शव फेला परेको छ । नन्दबहादुरसहित पत्नी गंगा,बुहारी बबिता, छोरा नविन, रुपेश, नातिनी प्राप्ति, र उनकी सासूआमा (नाम नखुलेको) लाई बाढीले बगाएको हो।यसैगरी अम्मर शाह,शाहकी पत्नी पवित्रा,छोरा समिरलाई पनि बाढीले बगाएको छ ।

चन्द्र साउँद, साउँदकी पत्नी बसु साउँद,अन्य स्थानीयमा गौरी शाह,सम्झना शाह,जोगा साउद,लालसरा शाही र उनका छोरा बसन्त बेपत्ता छन् ।बाढीले सैनीबजारका २२ घर, रामारोशन क्षेत्रका ९ झोलुगे पुल, एउटा पक्की पुल, गाउँपालिकाको एउटा एम्बुलेन्स, ५ वटा लघु जलविद्युतका पावर हाउस र ४ वटा मोटरसाइकल बगाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।