२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

सशस्त्र प्रहरीको टोलीले ६६ लाखको सामान बरामद

भारतसँग सीमा जोडिएको कैलाली जिल्लाका सीमावर्ती क्षेत्रवाट गएको चौमासिक अवधिमा अवैध रुपमा आयात निर्यात भएका रु ६६लाख २१हजार ९८१ मूल्य बरावरका विभिन्न सामान बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीको टोलीले सीमावर्ती क्षेत्रमा बरामद गरेका ती सामान भन्सार कार्यालयमा बुझाइएको छ । बरामद भएको मध्ये रु ५१ लाख ९६ हजार ४८१ मूल्य बरावरको लत्ताकपडा, खाद्यान्न रासायनिक मल, हार्डवेयर, हरियो केराउँलगायतका सामान रहेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र कुवँरले राससलाई जानकारी दिए ।
यस्तै रु ११ लाख ५३ हजार ५०० बराबरको अबैध काठ र काठ बोक्न प्रयोग भएका सवारी साधन समेत नियन्त्रणमा लिई डिभिजन वन कार्यालयमा बुझाइएको छ । रु दुई लाख ७२ हजार बरावरका अवैध माछा र कुखुरा बरामद गरी नष्ट गरिएको छ । लागू औषध ब्राउन सुगर,खैरो हिरोइन, चरेश सहित यसको तस्करी र ओसार पसारमा संलग्न आठ जनालाई समेत पक्राउ गरिएको छ ।

“सीमा क्षेत्रमा चोरी तस्करी जस्ता अवैध र अबाञ्छित गतिविधि पहिलेको भन्दा घटेका छन्”, प्रहरी उपरीक्षक कुवँरले भने, “थप सात ठाउँमा बिओपी स्थापना गर्न सकिएमा चोरी तस्करी जस्ता अवैध कार्य थप नियन्त्रणमा आई सीमा सुरक्षामा बल पुग्ने छ ।” कैलालीको सीमावर्ती क्षेत्रमा आवश्यक थप सात ठाउँमा बिओपी थप्ने प्रक्रिया अघि बढेको जनाइएको छ । कैलालीको १०१ किमी सीमा भारतसँग जोडिएको छ । सीमा क्षेत्रमा हाल सशस्त्र प्रहरी बलको १२ ठाउँमा रहेका सीमा सुरक्षा पोष्ट (बिओपी)मार्फत् नियमित गस्ती भइरहेको छ ।
अहिलेसम्म प्रत्येक दश किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको एक बिओपी रहेकोमा अब प्रत्येक पाँच किलोमिटरको दूरीमा एक बिओपी स्थापना गर्ने प्रक्रिया अघि बढाउन लागिएको बताइएको छ । जिल्लाका सशस्त्र प्रहरीका चार वटा सुरक्षा बेशवाट राजमार्ग सुरक्षा भइरहेको छ । पछिल्ला महिनामा देखिएको कोभिड—१९को महामारीको समस्या उत्पन्न भएसँगै सीमा क्षेत्रवाट खटिएको सशस्त्रले सर्वसाधारणको आवागमन रोक्न अग्रपंक्तिमा रहेर काम गरिरहेको छ ।

रासस

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।