सेती प्रादेशीक अस्पतालमा आज थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।२४ घण्टामा २७९ जनाको कोरोना परिक्षण गरिएकोमा थप ४८ जनामा संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठ जानकारी दिए ।



संक्रमण पुष्टी हुनेमा ९ महिला २६ पुरुष रहेको सूचना अधिकारी श्रेष्ठ जानकारी दिए ।संक्रमण पुष्टी हुनेमा धनगढी उपमहानगरपालिकाको वडा १का नम्बर १२ जना, वडा नम्बर २,५,८ र १४का एक/एक जना, वडा नम्वर ४का २जनामा संक्रमण पुष्टी भएको हो ।
कैलालीकै जानकी गाउँपालीकाका ७ जना र लम्किचुहाका एक जनामा पनि संक्रमण पुष्टी भएको छ ।
उता कञ्चनपुरको भीमदत्त नगरपालिकाका र बेल्डाडी २/२जना,कृष्णपुरका एक जना र डडेल्धुराका एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
Views: 115

























