२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

काण्ड खराब आधिकारीक रुपमा युटुबमा प्रशारण हुने

अत्तरिया– स्थानिय स्तरमा भएका काण्ड (समस्या) हरु उजागर गर्ने उद्देश्यका साथ काण्ड खराब टेलिश्रृंखला आधिकारीक रुपमा युटुबमा प्रशारण हुने भएको छ ।

टेलिश्रृंखलाको टिमले आज पत्रकार सम्मेलन गर्दै थ्रिडिभिएल क्रियशन युटुब च्यानलबाट आजैदेखी नै टेलिश्रृंखला आधिकारीक रुपमा प्रशारण हुने जनाएको छ ।

स्थानिय स्तरमा भएका समस्याहरुलाई कमेडी मार्फत प्रस्तुत गर्ने तथा सुदुरपश्चिमका धार्मिक एवम् पर्यटकिय क्षेत्रको प्रचार प्रसार गर्ने लक्ष्यका साथ काण्ड खराब सुरु हुन लागेको टेलिश्रृंखलाका लेखक तथा निर्देशक दिपक ओझाले जानकारी दिए ।

‘विगत केही समय अगाडी देखी नै काण्ड खराब टेलिश्रृंखला युटुब च्यानलमा प्रशारित हुदै आएको थियो’ उनले भने ‘तर केही फरकपन र टिम व्यवस्थापनलाई ध्यानमा राखी सिरियललाई नयाँ तरिकाले प्रशारित गर्न लागेका छौ, त्यसै सिलसिलामा आज पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।’

सिरियलले यहाँका समस्याहरुलाई कमेडी मार्फत प्रशारण गर्ने उनले बताए । विद्यार्थीहरुको समुहले आफ्नै लगानीमा सुरु गरेको काण्ड खराब टेलिश्रृंखला को केही भाग पहिले नै प्रकाशित भैसकेको थियो ।

तर ती भागहरुलाई सिकाईका रुपमा लिई नयाँ उर्जा एवम् फरकपन ल्याई सुरुवाती चरणदेखी नै टेलिश्रृंखला प्रशारण हुन लागेको अर्का लेखक एवम् निर्देशक हरिश विक्रम खडायतले बताए ।

‘सुदुरपश्चिमका कला र संस्कृतिको जगेर्ना गर्ने र यहाँका समस्याहरुलाई टेलिश्रृंखलामार्फत कमेडीका रुपमा प्रस्तुत गर्ने जमर्काे गरेका छौ’ उनले भने ‘टिमका सम्पुर्ण सदस्यहरुको भरपुर सहयोग मिलेको छ, सुदुरपश्चिममा यस्तो किसिमको टेलिश्रृंखला नआईसकेको समयमा यसले दर्शकहरुलाई आफुतिर आर्कषित गर्नेछ भन्ने हामीले विश्वास लिएका छौ ।’ जुनसुकै उमेर समुहका व्यक्तिहरुले हेर्न मिल्ने काण्ड खराब टेलिश्रृंखलाका सम्पुर्ण टिम सदस्यहरुले योगदान महत्वपुर्ण रहेको उनले बताए ।

आज पत्रकार सम्मेलन गर्दै टिमले आजै टेलिश्रृंखला प्रशारण गरेपनि आगामी दिनहरुमा प्रत्येक शुक्रबार थ्रिडिभिएल क्रियशन युटुब च्यानलमा प्रशारित हुने आयोजकले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।