२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

आफ्नै पतिले किन हाने एसिड : आरती र उनकी आमा यसो भन्छन्

शनिबार बिहान धनुषा जनकपुरधाम उपमहानगरपालिका–२० का संजिव साहले आफ्नै श्रीमती २१ वर्षीया आरती साहमाथि एसिड प्रहार गरे। आफ्नै पतिको कर्तुतका कारण अहिले आरती गम्भीर अवस्थामा जनकपुरस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ अस्पतालमा छटपटाइरहेकी छिन् । बाबुको एसिड प्रहारबाट घाइते भएकी उनकी ३ वर्षीया छोरी रिया पनि अस्पतालमा आमा छेउकै बसिरहेकी छिन्। 

आरतीकी आमा सुनिता साह घाइते छोरी र नातिनीलाई कुरेर अस्पतालमा बसिरहेकी छिन्। उनको हात र टाउकोमा एसिड परेको छ । करिब साँढे ३ वर्षअगाडी संजिव र आरतीको विवाह भएको आरतीकी आमा सुनिताले जानकारी दिएकी छिन् । विवाह भएको केही समयदेखि नै आरती संजिवबीच झै–झगडा हुने गरेको आरतीको भनाइ छ । 

उपचार खर्च नदिएको निहुँ

सुनिताका अनुसार बिहे भएको १ वर्षजतिपछि संजिवकी आमा, अर्थात आरतीकी सासू दुर्घटनामा परेकी थिइन् । त्यतिबेला संजिवको परिवारले आरतीको माइतीसँग उपचारका लागि पैसा मागेका थिए। 

आफूहरुको आर्थिक अवस्था कमजोर भएपनि उपचारका लागि  केही पैसा दिएको सुनिताले बताइन् । उनीहरुले मागेअनुसार पैसा दिन नसकेपछि संजिंव र उनको परिवार आरतीमाथि खनिन थाले । त्यसपछि उनीमाथि कुटपिट गर्ने, दुर्व्यवहार गर्ने क्रम बढ्न थाल्यो। 

गतवर्षको होलीका बेलामा संजिवले श्रीमती आरतीलाई बेस्सरी कुटपिट गरेपछि उनी माइतीमा बस्दै आएकी थिइन् । शनिबार बिहान खाना खाएर आँगनमा बसिरहेका बेला आएका संजिवले एक्कासी एसिड प्रहार गरेर भागेको पीडित आरतीले बताइन् । उनी पीडाले गर्दा राम्रोसँग बोल्न पनि नसक्ने अवस्थामा छिन्।  फरकधारबाट साभार

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।