२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

गृहमन्त्रीको सचिवालयले भन्यो धानबाली बाढीले नै नष्ट गरेको थियो

धनगढी, ८ भदौ – गृहमन्त्री रामबहादुर थापा बादलको सचिवालयले अछामको रामारोशनस्थित कैलाश खोला किनारमा धानबाली कुल्चिएर कार्यक्रम नगरिएको जनाएको छ।

बाढी पीडितलाई भेट्न पुगेका गृहमन्त्री थापासहितका उच्च सरकारी अधिकारीका लागि धानबालीमाथि मञ्‍च बनाइएको भन्दै चर्को आलोचना भइरहेका बेला गृहमन्त्री थापाको तर्फबाट यस्तो स्पष्टीकरण आएको हो।

रामारोशनमा गत बुधबार आएको बाढीबाट पीडितका लागि राहत लिएर गत शुक्रबार गृहमन्त्री थापा नेतृत्वको टोली रामारोशन पुगेको थियो। ‘गृहमन्त्रीसहितको टोलीले राहत वितरणको क्रममा धानबाली नस्ट गरेको भनी आएका समाचार तथा टिप्पणीमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छु, सचिवालयले भनेको छ, ‘बाढीले धान खेती नस्ट गरेको खेतसँगैको खोला किनारमा कार्यक्रम गरिएको थियो। प्रचार गरिएजस्तो धानखेतमा कार्यक्रम गरिएको होइन।’

मन्त्रीको ‘तमासा’ स्बाढीपीडित भेट्न जाँदा गलाभरि माला, धान कुल्चिएर मञ्‍च गृहमन्त्रीको सचिवालयले राहत वितरणका क्रममा धानबाली नष्ट गरिएको कुरा गलत भएको बताएको छ। ‘राहत वितरणको क्रममा धानबाली नस्ट भएको भनी आएका समाचार तथा टिप्पणी निराधार छन्’, प्रेस संयोजक किरण भट्टराईले भनेका छन्, ‘कार्यक्रमस्थलको छनौट स्थानीय प्रशासन र गाउँपालिकाले तय गरेको थियो।’

भट्टराईले बाढीले नष्ट गरेको खोला किनारको धानखेत नजिकै कार्यक्रमस्थल आएका सुझावलाई ख्याल गर्दै आगामी दिनमा यस्ता कुरामा थप सचेतता अपनाउने प्रतिवद्धता पनि जनाएका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।