ललित बोहरा, (पाटन)- बैतडीमा १३ बर्षीय किशोरीमाथि बलात्कार गरेर शिक्षक फरार भएका छन् । जिल्लाको पाटन नगरपालिकाको एक बिद्यालयमा अध्यापन गराउने अन्दाजी २८ बर्षीय शिक्षक लक्ष्मीकान्त पनेरु (लक्की) फरार भएका हुन् ।
सोही बिद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रामाथि जबरजस्ती करणी गरेको अभियोगमा जाहिरी दर्ता भएपछि स्थायी शिक्षक पनेरु तीन महिनादेखी प्रहरीको फरार सूचिमा छन् डडेल्धुराको भागेश्वर गाउँपालिका–२ बस्ने शिक्षक पनेरुले आफ्नो कोठामा ललाईफकाई गरी बोलाएर बलात्कार गरेको इलाका प्रहरी कार्यालय पाटन बैतडीमा परेको जाहिरीमा उल्लेख छ ।
आमा बुवा भारतमा बस्ने तथा मामा घर बसेर आधारभुत शिक्षा अध्ययन गरिरहेकी नाबालिका माथि जवजस्तीकरणी गरेको १० दिनपछी आफ्न्तले जबरजस्ती करणी उद्योगमा जाहिरी दर्ता गरेका हुन् ।
चैत १२ गते राती के भएको थियो र ?
चैत १२ गते गाउँमा डेरा गरेर बस्ने शिक्षकले डेरामै किशोरीलाई बोलायो । दैनिक जस्तो कोचिङ कक्षा पढाउने भन्दै बोलाउने गरेको गाउँभरी हल्ला थियो । त्यो दिन पनि बोलाएको र किशोरी गएको जानकारी स्थानीय घरबेटीले समेत जानकारी पाए ।
उनले राती नै गाउँका केही मान्छे बोलार शिक्षकको कोठामा गएका थिए । त्यो बेला उनले नाबालिकालाई भ्mयालबाट भगार र रातीका केही घण्टा नाबालिकाले रुखमा कटाइन् ।
गाउँमा सबैलाई जानकारी भएपछि शिक्षक पनेरुले आफ्नो भिना नाता पर्ने वडा अध्यक्ष डडेल्धुराबाट बोलाए । नाबालिकालाई उनले बलात्कार गरेको स्विकार गर्दै किशोरीका बाजेलाई १५ लाखको चेक दिएर मेलमिलाप गरे ।
मौखीक मेलमिलाप गरिएको थियो । मिलामिलामा २० बर्षपछि शिक्षकले बिहे गर्ने, त्यो समयसम्म पालन पोषण गर्ने र त्तकाल १५ लाख घरपरिवारलाई दिने सहमती भएको थियो । चैत १३ शिक्षकले परिक्षाको नतिजा तयार गरेर बिदामा घर गए ।
करिब १० दिनसम्म चेक दिएको कृषि विकास बैंकमा रहेका हिसाब खातामा शिक्षकले रकम जम्मा गर्न सकेनन् ।
शिक्षकले पिडीत परिवारलाई रकम केही दिनमा जम्मा हुने र बैंकमा जाने भनिरहे तर जम्मा रकम भएन् । केहीसम्म पिडीत परिवारका बाजे नाता पर्ने कृषि बैँक डडेल्धुरा र बैतडीको पाटनमा आउने जाने गरिरहे ।
घटनाको लेनदेन अधिकांस जानकार नागरिकले नबुझे जस्तै गरेर आँखा बन्द गर्नु पर्यो । इलाका प्रहरीलाई समेत घटनाबारे मौखीक जानकारी भयो । चैत २८ गते महिला अधिकारकर्मीहरुको सहयोगमा किशोरीलाई सुरक्षीत आवास गृह पाटन ल्याइयो ।
किशोरीका आफ्न्तले प्रहरीमा जवजस्तीकरणीको मुद्धा दर्ता गरे । त्यसपछि जिल्ला अस्पताल बैतडीमा उनको शारिरीक चेक जाचँमा उनीमाथि बलात्कार भएको पुष्टी भयो । त्यो रिर्पोट अस्पतालले प्रहरी कार्यालयलाई उपलब्ध गराएको छ ।
मुद्धा दर्तापछि प्रहरीले उनलाई डडेल्धुराको रुपाल, परशुराम नगरपालिका, बागबजारको एक होटल तथा कञ्चपुरका केही स्थानमा खोजी कार्य गरेको थियो । पहिलो चरणमा उनलाई डडेल्धुराको रुपाल प्रहरीले फोन सम्र्पक गरेर सानो काम परेकाले प्रहरी चौकीमा आउन भन्यो तर उनले कहिले डडेल्धुरा अहिले कञ्चनपुर छु भनेर प्रहरीलाई छली रहे । अन्तः तीन महिनादेखी उनी बैतडी प्रहरीको फरार सूचिमा छन् ।
आफ्न्तले प्रहरीले बलात्कारीलाई पक्राउ नगर्ने नसकेको आफ्न्तको आरोप छ । फरार शिक्षकको खोजी कार्य तिब्र भइरहको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी दिपक गिरीले बताए । आफ्न्तबाट ढिलो गरी उजुरी आएकाले आरोपी फरार भएको उनको बुझाई छ । उनले भने, ‘प्रहरीले खोजी गरिरहेको छ, ढिलो चाडो हो एक दिन प्रहरीले पक्राउ गर्छ, ‘आफ्न्तले ढिलो गरी उजुरी दिएकाले केही समस्या भएको हो ।’
बिद्यालय के भन्छ ?
अंगेजी बिषयका शिक्षक पनेरु चैत १३ गतेबाट बिद्यालय आउन छोडेपछि बिद्यालयले उनलाई फोन गर्यो । १८ गते तिर केही दिनमा आउने र अहिले बिदा मिलाई दिन आग्रह गरे । त्यसपछि उनी बिद्यालयको सम्र्पकमा आएनन् ।
चैत २५ गते उनको शिक्षक सेवा आयोगले दिने परिक्षण अवधि सकियो । तर उनी आएनन् । बिद्यालयले उनलाई हुलाक मार्फत पत्र पठायो तर उनको घरपरिवारका मान्छेले समेत पत्र बुझन् अस्विकार गरेपछि हुलाकबाटै बिद्यालयलाई पत्र फिर्ता भएको प्रधानाध्यकले बताए ।
उनले भने, ‘हामीले उनलाई समय नै बिद्यालय हाजिर हुन पत्र पठाएका थियौँ आएन् । पत्र पनि आफ्न्तले बुझेनन् ।’ बिद्यालयले अहिले अंगेजी बिषय अध्यापन गराउन समस्या भएको बताएको छ । शिक्षक व्यवस्थापनका लागि नगरपालिका र शिक्षा तथा समन्वय इकाइलाई आग्रह गरेको उनले बताए ।
शिक्षा निमावाली अनुसार उनको स्थायी शिक्षक पदबाट स्वतः खारेज हुनेछ । शिक्षक पनेरु तीन बर्षपहिले मोउण्टेन मावि बागबजार डडेल्धुरा समेत अध्यापन गराउने अग्रेजी बिषयका शिक्षक थिए ।
किशोरीको पहिचान गोप्य राख्न बिद्यालयको नाम – ठेगाना र प्रधानाध्यकको नाम नखुलाइएको हो ।
ईन्फोसमाचार
हेरौं पुरा भिडियोः