डडेल्धुरा(दिपकराज भट्ट)- पछिल्लो समयमा सरकारि विद्यायलहरु प्रति हेर्ने दृष्टिकोण नै बदलिएको अवस्थामा महेन्द्र मावि खलंगाले भने आम अभिभावकहरुमा विश्वास जगाएकोछ ।
आज मात्रै प्रकासित भएको कक्षा दश (एसईइ) मा महेन्द्र मावि. खलंगा सरकारि विद्यालयमा जिल्लामै प्रथम स्थानमा रहेकोछ । विद्यालयमा साधारण, प्राविधिकधार र खुल्ला गरि तीन ओटा धार रहेका छन् । नतिजालाई हेर्ने हो भने खुल्ला तर्फ शुन्य प्रतिसत , प्राविधिक धार तर्फ ८५.४२ प्रतिसत र साधारण तर्फ ३०.६८ प्रतिसत नतिजा आएकोछ ।
यसै सन्र्दभमा रहेर हामीले विद्यालयका प्रध्यानाध्यापक सुरेन्द्र ऐर संग कुराकानी गरेका छौ हाम्रो प्रश्नमा ऐरको यस्तो जवाफ छ
नतिजा राम्रो ल्याउनु विद्यालयले केकस्ता प्रयास गरेको थियो ?
यसमा हामीले शैक्षिक गुणस्तरलाई सुधार गर्नुका लागि प्रयास गरिरहेका छौ । यसमा हामीले शैक्षिक गतिविधिहरु बढाएका छौ । विद्यालयको नतिजालाई राम्रै रुपमा हेर्न सकिन्छ ।
विद्यालय स्थापना काल देखि बिचबिचमा विद्यार्थी संख्या घटदो क्रममा रह्यो विद्यार्थी संख्या कसरि बढाउनुभयो ?
यसमा दुईचार कुराले प्रभाव पार्छ हामीले तयो परिर्वत गर्न सक्यौ भने म राम्रो विद्यालय पढाउदै छु भन्ने भावना अभिभावमा हुनुपर्छ भने म राम्रो विद्यालय शिक्षण पेशा गर्दैछु भन्ने शिक्षकमा हुनुपर्छ यस्तै विद्यार्थीको मनस्थितीमा पनि म राम्रो विद्यालयमा पढदै छु भन्ने हुनुपर्छ । मनोवल उच्च कसरि बनाउने भन्ने हो । त्यो वातावरण हामीले बनाउनुसक्नुपर्छ ।
शिक्षकहरुले मेहेनत गर्नुभयो, अभिभावकहरुले पनि रुचि देखाउने भयो विद्यार्थीहरुले पनि मनोवल बढाउने भयो यसलाई हामीले कायम राख्नु सक्नुपर्छ ।
विद्यायलमा राजनितीक दलको संगठनको प्रभाव कस्तोछ ?
यो संगठन संसार भर नै छन् । राजनितीक संगठन भए पनि विद्यालय समयमा यसको खासै प्रभाव विद्यालयमा छैन् ।
सरकारि विद्यालयका विद्यार्थीहरु थप कक्षाका लागि बाहिर धाउने गरेका छन् , तपाई विद्यालयमा कस्तो प्रभाव छ ?
हामीले दुई मोडमा यसलाई लिएका छौ । अतिरिक्त कक्षा विद्यालयमै संञ्चालनमा लइाएका छौ भने अर्को हामीले विद्यार्थी संग अन्र्तकिृया कार्यक्रम चलाएका छौ ।
प्राविधिक धारको नतिजा बढि देखिएको छ के प्रयोगात्म अंक बढि भएर नै हो कि ?
यसमा त प्राविधिक तर्फ प्रयोगात्क त हुन्छ नै यसमा विद्यार्थीहरु बढि बिषयबस्तु बढि पढछन् । अतिरिक्त शिक्षा पनि उनीहरुले आर्जन गर्ने गर्छन । समय पनि अध्ययनमा बढि दिन्छन् ।
अभिभावकहरु लाई जाग्रित गर्नु कस्तो प्रयासहरु गर्नु भयो ?
उसमा हामीले अभिभावकहरुलाई पत्र मार्फत सुचना जानकारि गराउछौ भने अर्को तर्फ अनलाईमा पनि गतिविध बारे जानकारि गराउछौ र हामीले ई हाजिर (६ देखी १०) सम्म व्यास्था गरेका छौ । अभिभावकहरुको पनि पछिल्लो समयमा शिक्षा प्रति चासो देखाएका छन् ।
समग्रमा विद्यालयले नतिजा यस प्रकार रहेकोछ ः
एसईइमा सहभागि संख्याः १ सय ३५
पास संख्याः ६८
सबै भन्दा बढि अंक प्राप्त गर्ने रक्षा जोशी (३.७८ जिपिए) –शिक्षक ठाकुर मायालु भाट को सहयोगमा तयार पारिएको रिर्पोट
उता एसईइको जिल्ला नतिजामा माउन्टेन ईग्लिस स्कुल प्रथम स्थानमा रहेकोछ भने महेन्द्र मावि. खलंगा द्धतीय स्थानमा रहेकोछ ।
यस बर्ष विद्यालयमा १ हजार ५ सया विद्यार्थीहरु भर्ना भएका छन् । प्रवेस परिक्षा लिएर विद्यार्थी भर्ना गर्ने गरेकोछ । भौतिक पुर्वाधार कमीले पनि विद्यार्थीहरु बढि भर्ना गर्न सकिने अवस्था नरहेको ऐरले जानकारि दिएका छन् ।
अन्र्तवार्ता सुन्न यहाँ क्लिक गर्नुहोलाः
सरकारी विद्यालयमै उत्कृष्ट नतिजा ल्याउनु सफल महेन्द्र मावि खलंगा ! (youtube.com)