२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

सुदूरपश्चिमका थप ५७ जनामा कोरोना पुष्टि

धनगढीः डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक हजार एक सय ६ जनाको कोरोना परीक्षण भएकोमा ५७ जनामा संक्रमण पुष्टि भएको हो।

डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालका अनुसार कैलालीको घोडाघोडी नगरपालिकाका ३१ जना, टीकापुर नगरपालिकाका ८ जना, गौरीगंगा नगरपालिकाका ७ जना र जानकी गाउँपालिकाका एक जना गरी ४७ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ८ जना, कञ्चनपुरकै महाकाली नगरपालिकाका एक जना र बैतडीको नेपाली सेना गणका एक जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले बताए।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ४ सय ६३ पुगेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।