डडेल्धुराः डडेल्धुरामा असारको दोस्रो साता सम्म ३० प्रतिशत मात्र रोपाई सम्पन्न भएको छ । आकासे पानीको भरमा रहेका डडेल्धुराका किसानहरुले असार महिनाको दास्रोहप्ता सम्म पनि रोपाई गर्नु सकेका छैनन् ।
कृषि ज्ञान केन्द्र डडेल्धुराले कुल ११ हजार ६ सय १६ हेक्टर क्षेत्रफल मध्ये ६ हजार १ सय २० हेक्टर क्षेत्रफलमा रोपाई गरिँदै आएको भए पनि अहिले जम्मा १ हजार ८ सय ३६ हेक्टर क्षेत्रफलमा धान रोपाई गरिएको जनाएको छ । कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख खेमराज पनेरुले अहिले सम्म ५० प्रतिशत धान रोपाई सम्पनन हुनुपर्नेमा ३० प्रतिशत मात्र रोपाई सकिएको वताउ ।
समयमै पानी नपर्दा आकास हेरेर बस्नु परेको कतिपय किसानको दुखेसो छ । अमरगढी ७ पोखराकी जमुना वोहराले एकातिर वेमौषमी तरकारी खेती गर्नु भएको छ भने अर्को तिर रोपाई गर्न वेर्ना उम्राउनु भएको छ । उहाँले पानी नपरे रोपाइका लागि तयार गरिएका वेर्नाहरु सुक्न सक्ने चिन्ता भएको प्रतिक्रया दिइन ।
अमरगढीकै अर्का किसान लालवहादुर वोहराले रोपाई गर्न गराहरु खनजोत गरेर समेत राखिसकेको तर गाउमा खानकै लागि पानीको समस्या भएपछि छरेका वेर्नाहरु पनि खासै न वढेको वताए । कृषि ज्ञान केन्द्र डडेल्धुराका अनुसार डडेल्धुरामा जेठको १५ देखि साउनको अन्त्य सम्म रोपाई हुने गरेको छ ।