२०८१ चैत्र ६ बुधबार
२०८१ चैत्र ६ बुधबार

युएईमा एउटै कम्पनीमा कार्यरत २५ सयभन्दा बढी नेपालीले एकैपटक गुमाए रोजगारी

२३ असार, काठमाडौं । युएईमा एउटै कम्पनीमा कार्यरत २५ सयभन्दा बढी नेपाली श्रमिकले एकैपटक रोजगारी गुमाएका छन् ।

कोरोना महामारीका कारण उत्पन्न संकटका कारण युएईको ट्रान्सगार्ड ग्रुप नामको आउटसोर्सिङ कम्पनीमार्फत काम गर्दै आएका २५ सय नेपालीले रोजगारी गुमाएका हुन् । यो कम्पनीमार्फत करिब १२ हजार नेपालीले युएईका विभिन्न कम्पनीमा काम गर्दै आएका छन् ।

तर पछिल्लो पटक कम्पनीले एकैपटक ठूलो संख्यामा नेपालीसँग भएको श्रम करार अन्त्य गरेको हो । करार अवधि बाँकी छँदै रोजगारी गुमाउनुपरेपछि त्यहाँ कार्यरत नेपाली समस्यामा परेका छन् । उनीहरूले आफ्नो समस्या’bout युएईस्थित नेपाली दूतावासमा जानकारी गराएका छन् ।

एकैपटक ठूलो संख्यामा नेपालीले रोजगारी गुमाएपछि दूतावासले यसको जानकारी परराष्ट्र मन्त्रालयमा गराएको छ । यूएईका विभिन्न क्याम्पमा रहेका ती नेपालीको उद्धारको लागि पहल सुरु गरिएको दूतावासका एक अधिकारीले बताए ।

उनका अनुसार कम्पनीले आफ्नै खर्चमा श्रमिकलाई नेपाल पठाउने प्रस्ताव गरेको छ । त्यसका लागि नेपाल सरकारले स्वीकृति दिनुपर्नेछ ।

यूएईमा हाल करिब २५ हजार नेपाली रोजगारी गुमाएर फर्किनुपर्ने अवस्थामा छन् । हालसम्म ४ हजार मात्रै फर्किएका छन् ।

कोरोना महामारीको असरपछि रोजगारदाता कम्पनी आर्थिक संकटमा परेका छन् । जसका कारण उनीहरूले विदेशी कामदार कटौतीको नीति लिएका छन्।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।