२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

आफ्नो एफ.एम डडेल्धुराले मनायो १७ औं बार्षिक उत्सव

विद्यालयलाइ शैक्षिक र खेलकुद सामाग्री वितरण

डडेल्धुराः मानव विकास तथा सामुदायिक सेवाद्धारा संचालित जिल्लाको पहिलो सामुदायिक रेडियो आफनो एफ.एम.१०४.८ मेघाहर्जले आफनो स्थापनाको १७ औं वार्षिक उत्सव विविध कार्यक्रम गरि मनाइरहेको छ ।जस अन्तरगत बिहीवार बार्षिक उत्सवको पूर्व सन्ध्यामा शैक्षिक र खेलकुद सामाग्री बितरण गरेको छ म्यानेज सागर ताम्रकारले जानकारि दिएका छन् ।

जिल्लाको अमरगढि नगरपालिका वडा न ०६ स्थित गणेशमान स्मृति प्राथमिक विद्यालय दुमडा र सम्भुनाथ आधारभुत विद्यालय छचोडा गरि दुई विद्यालयका १ सय ५६ जना विद्यार्थीलाई प्रति विद्यार्थी एक दर्जन कापि ,१ दर्जन पेन्सिल र कलम बितरण गरेको हो ।

No description available.

कार्यक्रममा आफ्नो एफ.एम नेपाल का संयोजक विजय कुमार मानन्धरले विद्यालय परिवार लाइ धन्यवाद व्यक्त गर्नुका साथै रेडियोको पृष्ठभुमि प्रस्तुत गरेका थिए र डडेल्धुरा जिल्लामा पहिलो रेडियो खोलेर रेडियो मार्फत दुर दराजमा रहेका यस समुदायका मानिसहरू स्वास्थ बाट बन्चित, उचित शिक्षा नपाएर ,स्वास्थ्य सम्बन्धि ज्ञान नपाएर अस्पताल जानु पर्ने ठाउमा धामि झाक्रीमा गएर झारफुक गर्ने अथवा विभिन्न माध्यम बाट गाउमा जे उपलब्ध छ तेहि माध्यम बाट स्वास्थ्य उपचार गरिरहेकाहरुलाइ रेडियो मार्फत शिक्षा दिएर अस्पताल पुर्याउन पाउदा समाज रुपान्तरणको काम गर्न पाउदा एक दमै खुसि लागेको कुरा उहाले व्यक्त गरेका हुन साथै रेडियोमा कृषि कार्यक्रमको प्रभावले डडेल्धुरा जिल्लाको मनना भन्ने ठाउँमा बिदेश जान बाट रोकिएर कृषि पेशा गरेको उदाहरण पनि प्रस्तुत गरेका थिए यसरी जिल्लामा बर्सेनि रूपमा सामाजिक कार्य गर्दा आफु खुसी भएको रेडियो का संयोजक बीजय कुमार मानन्धर बताए ।

No description available.    कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा अमरगढि

नगरपालिका वडा न ०६ का वडा अध्यक्ष केबि ताम्राकारले आफ्नो एफ .एम. ले समाज रुपान्तरणका निम्ति दुर दराज मा रहेका बिभिन्न समस्या या विभिन्न प्राबिधिक कारणले बिधालय आउन नसकेका तथा खेलकुद क्षेत्र मा पछि परेकाहरुलाइ यसरि आबस्यकताको सामाग्री दिएर विद्यार्थीहरुको उज्ज्वल भविस्य निम्ति दयनीय काम गरेको र समाज रुपान्तरणका निम्ति काम गरेको मा धन्यवाद व्यक्त गरेका थिए ।

त्यस्तै पत्रकार महासंघ डडेल्धुराका सचिब पुस्कर भण्डारिले डडेल्धुरा जिल्लामा संञ्चार जगतको सुरुवात गरि बिभिन्न शिक्षा, सुचना, जानकारी ,सन्देश तथा सुशासनको पक्षमा पैरवी गर्नु भएको कारण धन्यवाद व्यक्त गरेका हुन र रेडियो भित्र मात्र नभएर बाहिरको काम पनि सेवा को रुपमा गर्नुभएको कारण यो कार्य असल रहेको र रेडियोको प्रगतिको सुभकामना व्यक्त गरेका थिए ।

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।