२०८२ माघ २५ आईतवार
२०८२ माघ २५ आईतवार

एसईईको नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी

काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने गरी तयारी भइरहेको जनाएको छ ।

कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार असार दोस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्ने गरी अरु आवश्यक कामलाई तीव्र पारिएको छ ।

५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको छ । गएको वर्ष असार २४ मा एसईईको नतिजा सार्वजनिक गरेको बोर्डले यसवर्ष अलि छिटो नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । गएको चैत १५ गतेदेखि सञ्चालन भएको यसवर्षको एसईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।