२०८३ भाद्र ६ शनिबार
२०८३ भाद्र ६ शनिबार

डडेल्धुराको तापक्रम ४ वर्षयताकै उच्च

कार्यालयका प्रमुख श्यामबहादुर सुनारले यसवर्ष ५ जेठमा चार वर्षयताकै उच्च तापक्रम मापन गरिएको जानकारी दिए । ‘सन ०२० देखि डडेल्धुराको तापक्रम २९ डिग्रीभन्दा माथि पुग्न सकेको थिएन,’ उनले भने, ‘तर, यसवर्ष जेठ ५ गते जिल्लाको तापक्रम बढेर ३२।७ डिग्री सेल्सियस पुगेको थियो ।’

उनका अनुसार बिहीबार पनि डडेल्धुराको अधित्तम तापक्रम ३२।२ डिग्री सेल्सियस मापन गरिएको छ । ‘डडेल्धुरामा यसवर्ष सरदरभन्दा २ प्रतिशत तापक्रम बृद्धि भएको छ,’ उनले भने । गतवर्ष पनि जेठ ५ गतेकै दिन उच्च तापक्रम मापन भएको थियो । ०८० साल जेठ ५ गते २९।१ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो ।

यस्तै फिल्ड कार्यालयका अनुसार बिहीबार साँझ ७ बजेदेखि वर्षाको सम्भावना पछि  । ५ देखि १० मिलिलिटर वर्षा हुने अनुमान गरिएको फिल्ड कार्यालयका प्रमुख सुनारले बताए । तत्कालिन क्षेत्रीय सदरमुकाम दीपायलको तापक्रम पनि यसवर्ष बढेको छ । बिहीबार दीपायलको तापक्रम ४० डिग्री सेल्सियस मापन गरिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।