डडेल्धुराः डडेल्धुरामा लागुऔषध चरेससहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अजयमेरु गाउँपालिका–२ चमडाका ५५ वर्षीय डम्बरसिंह बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।



मंगलबार बेलुकी ५ः५० बजेको समयमा बिशेष सूचनाको आधारमा प्रहरी टोली खटिई बोहराको घरबाट १ किलो २०० ग्राम चरेसजस्तो देखिने कालो पदार्थ बरामद गरिएको हो। पक्राउ परेका बोहरालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रशरि कार्यालय डडेल्धुराले जनाइएको छ।
Views: 494




















