धनगढीः कैलालीमा कुलोमा डुबेर दुई वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका १ को मंगलपुरमा कुलोमा डुबेर दुई वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।



जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले कुलोमा डुबेर दुई वर्षीय बालक प्रशान्त ओखेडाको मृत्यु भएको बताए।
घर नजिकैको कुलोमा डुबेर गम्भीर भएका बालकलाई उपचारका लागि धनगढी ल्याईएको थियो। तर अस्पताल पुगाउँदा उनको मृत्यु भईसकेको थियो। बालकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।
Views: 123

























