२०८२ चैत्र ३० सोमबार
२०८२ चैत्र ३० सोमबार

दार्चुलाको अपीहिमालका खाद्य डिपोमा छैन चामल

दार्चुलाः दार्चुलाको अपी हिमाल गाउँपालिकाका खाद्य डिपोमा चामल सकिएको छ।पालिकाभित्र रहेका तीनवटै खाद्यसंस्थाका डिपोहरुमा विगत लामो समयदेखि खाद्यान्नको चामल अभाव रहेको गाउँपालिकाले जनाएको छ। यसले गर्दा अहिले त्यहाँका स्थानीयहरु महँगो मुल्यमा स्थानीय व्यपारीहरुबाट चामल किनेर खाने गरेको गाउँपालिका अध्यक्ष भक्त सिह ठेकरे बोहराले जानकारी दिए।

गाउँपालिका अध्यक्ष बोहराका अनुसार पालिकाभित्र स्थापना भएका खण्डेश्वरी खाद्य डिपो, घुसा खाद्य डिपो र सितोला खाद्य डिपोमा खाद्यान्नको चामल सकिएको छ। तीनवटै खाद्यडिपोमा खाद्य व्यवस्था कम्पनीबाट आउने मोटा चामल सकिएको बताइएको छ। खण्डेश्वरी खाद्य डिपोमा अहिले जिरा मसिनो चामल १५० क्विन्टल मौज्दात रहेकोमा अन्य दुई डिपोमा मोटो र मसिनो दुबै चामल सकिएको अध्यक्ष बोहराले जानकारी दिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।