२०८१ फाल्गुन ५ सोमबार
२०८१ फाल्गुन ५ सोमबार

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

डडेल्धुराः सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् । ५३ सदस्यीय प्रदेशसभामा सोडारीले २८ मत पाएका हुन् । सोडारीको पक्षमा एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक जना स्वतन्त्र सांसद गरी २८ जनाले मतदान गरेका छन् ।

कांग्रेस र नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षधर र राप्रपा सांसदहरू मतदान प्रक्रियामा सहभागी भएनन् । मख्यमन्त्री सोडारीले विश्वासको मत लिनका लागि बसेको बैठक दुई पार्टीले बहिष्कार गरेका हुन् । मुख्यमन्त्री सोडारीको नियुक्ति असंवैधानिक तरिकाले भएको भन्दै कांग्रेस र नाउपा रेशम पक्षले विरोध गर्दै आइरहेका छन् । नाराबाजी गर्दै दुई पार्टीका सांसद बाहिरिए पनि सत्तारुढ दलहरूको सहभागितामा बैठक चलेको हो ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।