२०८१ चैत्र १५ शुक्रबार
२०८१ चैत्र १५ शुक्रबार

डडेल्धुराका ९९ बालबालिकाहरु लाई मल्लले सहयोग गर्ने

डडेल्धुरा (दिपक राज भट्ट)-  डडेल्धुराको अमरगढि ४ खलंगा घर भई हाल जापान बस्दै आएका बिनय प्रकाश मल्लले डडेलधुराका ९९ जना अनाथ र आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरु लाई सहयोग गर्ने घोषणा गरेका छन् । मल्लले अनाथ बालबालिका २४ जना र डडेल्धुराका घटाल मावि नुवाकोटका १७ जना ,जनज्योति प्रावि आदित्यपुरका ३० जना, कैलपाल प्रावि डोला मननाका १८ जना र निलकण्ठ आवि कोटेउडाका १० जना लाई ट्र्याक सुट सहयोग गर्ने जनाएका छन् ।
उनले आफ्नो व्यक्तिगत खर्चमा उक्त सहयोग गर्ने घोषणा गरेका हुन् । उनले यस अघि डडेल्धुराका विभिन्न क्षेत्रमा ८० लाख भन्दा माथि सहयोग रिसकेका छन् । उनलाई डडेल्धुरामा खगेन्द्र ठकुराठिले सहकार्य गर्ने गरेका छन् । कार्यक्रम अर्को हप्ताबाट विद्यालयमा गएर सुरु गरिने ठकुराठिले बताएका छन् ।
विद्यार्थीहरु लाई केही सहज होस भन्नुका लागि आफूले यो अभियान चलाएको मल्लको भनाइ रहेकोछ

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।