दिपक राज भट्ट(डडेल्धुरा)- उ सो त पछिल्लो समयमा विभिन्न किसिमका गीत संगीतहरुले चर्चा पाईरहन्छ केहि संगीतहरुमा उत्ताउला हुन्छन भने केहि संगीतहरु भने बडो मार्मिक हुन्छन् । यस्तै कर्णालीका व्याथहरु लाई समेटर डोल्पाका लक्ष्मण देबकोटाले संगीतहरु पछिल्लो समयमा बजारमा ल्याउदै आएका छन् । उनका कर्णलीका ब्यथाहरु सुनाउने गीतहरुमा रेलको बाटो, नुनको भारी, रातो किताब खुबै चर्चामा छन् ।
उनले यी तीनै गीत मार्फत कर्णालीका समस्याहरुलाई झकझक्याएका छन्। उनी खबरदारी न्युज संग भन्छन्ः मैली वास्तबिक कर्णाली लाई देखाउनुका लागि यस्ता गितहरु गाउने गरेकोछु । गीतका माध्यम बाट सरकारको ध्यान आर्कषण पनि गराउनु चाहान्छु ।
को हुन गायक तथा सर्जक लक्ष्मण देबकोटाः
सामाजिक संञ्जालमा पछिल्लो दुई दिन यता रातो किताब गीत निकै चर्चामा रहेकोछ । हो यहिँ चर्चामा रहेको गीतका सर्जक तथा गायक हुन लक्ष्मण देबकोटा उनी वि.सं. २०५६ असार २० गतेका दिन विकट कर्णाली प्रदेशको डोल्पा जिल्लामा जन्मिएका देबकोटाको बाल्याकाल निकै संर्घषमय रहेको थियो । डोल्पा जस्तो विक जिल्लामा पढनुकै लागि ४ घण्टा हिडनु पर्ने बाध्याता देबकोटाले स्वयम आफै भोगेका थिए । उनी पछिल्लो समयमा कर्णली बिशेष संगीतहरु बजारमा ल्याउने गर्छन् । उनको संगीतहरुले कर्णालीका ब्यथाहरु तथा सामाजिक, सास्कृतीक पहिचानहरु झल्काउने गरेका छन् ।
उनका गीतहरु हेर्न यहाँ क्लिक गर्नुहोलाः



RELKO BATO || रेलको बाटो || New Song 2077/2021 || Suraj Pandit || MV (youtube.com)




















