२०८१ चैत्र ९ शनिबार
२०८१ चैत्र ९ शनिबार

पत्रकार महासंघको साधारणसभा रोक्न प्रेस युनियन डडेल्धुराको माग

डडेल्धुराः नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले पत्रकार महासंघको साधारणसभा रोक्न ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल पत्रकार महासंघले तोकेको जिल्ला शाखा, प्रदेश र केन्द्रीय अधिवेशन स्थगित गर्न युनियनले माग गरेको हो ।

लोकतन्त्रवादी पत्रकारहरुको अग्रणी संस्था युनियनले श्रमजीवी पत्रकारहरुको साझा संस्था महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियान तथा नयाँ सदस्यताको विषय किनारा नलाग्दासम्म साधारणसभा नगर्न आग्रह गरेको हो ।

युनियनका जिल्ला अध्यक्ष योगेन्द्र रावलले बिहीबार युनियनकर्मीको उपस्थितिमा महासंघका जिल्ला अध्यक्ष हिक्मत सिंहलाई पत्र बुझाउँदै सदस्यता टुंगो नलगाइ जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोमा आपत्ति जनाएका छन् ।

‘महासंघको नयां सदस्यता र नविकरणको अन्तिम टुंगो लागिनसकेको सन्दर्भमा अधिवेशनको अर्थ नरहने हुंदा अहिले अधिवेशन स्थगित गर्न अनुरोध गर्दछौ । पत्रकार महासंघको सदस्यताको अन्तिम टुंगो लगाएर मात्र अधिवेशनहरूको मिति तोक्न आग्रह गर्दछौ’ उनले बुझाएको पत्र भनिएको छ ।

432579168_1088136082301492_5234658024077726028_n-1712131824.jpg

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।