डडेल्धुरा(दिपकराज भट्ट)- डडेल्धुराको गन्यापधुरा गाउँपालिका ३ सकायलमा वि.सं २०३७ साल माघ १० गते जन्मिनु भएका गजेन्द्र शाहिले विद्यार्थी राजनीती बाट आफ्नो यात्रा सुरु गरेका थिए । उनी सानै देखि राजनितीमा रुची राख्ने गर्दथे । उनी विद्यालयमा सकिृय विद्यार्थीको रुपमा रहेका थिए । शाहिले वि.सं. २०५२ साल देखि औपचारीक राजनीतीक यात्रा सुरु गरेका थिए । उनी २०५२ सालमा जनता मा.वि. सकायलमा माध्यमिक विद्यालय प्रारम्भीक कमिटीको सचिव पद समल्ने मौका पाएका थिए । उनले राजनीतीक यात्रा औपचारीक रुपमा अगाडि बढाए , उनी २०५६ सालमा अनेरास्ववियू डडेल्धुराको कमिटीको उप सचिव पदमा रहेर काम गरे यस्तै उनले २०५६ सालमा जिल्ला कमिटीको सचिव पद पनि समालेका थिए । उनले वि.सं. २०५९ सालमा युवा संघ डडेल्धुरा कमिटीको सह संयोजकमा रहेर जिम्मेवारी समाले । उनी २०६४ सालमा राष्ट्यि युवा संघ जिल्ला संयोजकमा निर्वाचितभएर जिम्मेवारी समाले । यस्तै २०६७ सालमा युवा संघको केन्द्रिय सदस्यमा रहेर काम गरे भने २०६९ सालमा युवा संघको स्यायी कमिटी सदस्यमा निर्वाचीत भए ।
उनी २०७५ सालमा युवा संघको केन्द्रिय उपाध्यक्ष पदमा रहेर काम गरे भने २०८० सालमा नेकपा एमाले डडेल्धुराको संयोजक पदको जिम्मेवारी पाए । उनी राजनितीमा निरन्तर सकिृय रहे यस्तै शाहि २०८० सालको नवौं जिल्ला अधिवेसन बाट नेकपा एमाले डडेल्धुराको जिल्ला अध्यक्षमा निर्विरोध अध्यक्षमा चयन भएका हुन् ।