डडेल्धुरा – डडेल्धुराको अजयमेरु र भागेश्वर गाउँपालिकाबीच अन्तरपालिका समन्वय बैठक बसेको छ । आज ९शुक्रबार० भएको बैठकले दुवै पालिकाको सीमामा पर्ने ठुलीगाडबाट भइरहेको अवैध नदीजन्य पदार्थको चोरी निकासी रोकथाम तथा नियन्त्रण गर्ने निर्णय गरेको छ ।
यस्तै दुवै पालिकाको साझा सडकलाई अवरुद्ध हुन नदिने र नियमित रुपमा बैठक सञ्चालन गर्ने निर्णयसमेत भएको छ । आजै दुवै पालिकाबीच मैत्रिपूर्ण ब्याटमिन्टन प्रतियोगितासमेत भएको थियो । बैठक अजयमेरुका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’को अध्यक्षता र भागेश्वरका अध्यक्ष हेमराज चटौतको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।
Views: 93