२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

यस्तो रह्यो छैटौं डडेल्धुरा महोत्सवको दोस्रो दिन

डडेल्धुरा(दिपकराज भट्ट)- डडेलधुरामा डडेल्धुरा महोत्सव २०८० सुरु भएकोछ । २४ गते सुरु भएको महोत्सवमा पहिलो दिन औपचारिक उद्घाटन कार्यक्रम गरिएको थियो । महोत्सवको दोस्रो दिनमा भने गायक टंक लिमिल्सना, रमेश राजु भट्टराई, गायक रमेश मल्ल, मोडल झर्ना बोहराले आफ्नो प्रस्तुती राखेको थिए ।

स्थानिय कला,संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको बजारीकरण संगै पर्यटन प्रवद्धन र डडेल्धुराको समग्र विकासको लक्ष्य उद्येश्यका साथ महोत्सव आयोजना गरियको आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय उत्पादनसंगै कृषि उपजको प्रदर्शनी, रमाइलो मेला स्थानीयसंगै राष्ट्रिय कलाकारको प्रस्तुती सहित जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता,खुला पुरुष महिला डेउडा प्रतियोगिता समेत हुने छन।

महोत्सवमा टिकट शुल्क एक सय रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ भने ७० वर्षमाथिका ज्येष्ठ नागरिक तथा क र ख वर्गका अपाङ्गता भएका नागरिकलाई प्रवेश शुल्क निशुल्क हुने छन । महोत्सवमा टिकटबाट संकलन भएको रकमको ५ प्रतिशत डडेल्धुरामा क्रिकेट मैदान निर्माणका लागि सहयोग गरिने आयोजक डडेल्धुरा उद्योग वाणिज्य संघले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।